Websoft University

यूवा संघद्वारा सुरक्षार्मीलाई माक्स तथा सेनिटाइजर वितरण

 


केदार बस्नेत -धरान । रातो तारा डट कम, यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।


संघले स्थापना दिवशको अवसर पारेर सुरक्षार्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ ।

यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय ३० माक्स, २३ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर वितरण गरेको छ । यस्तै, वडा प्रहरी कार्यलय धरान र अस्थायी प्रहरी चौकी धरान १५ लाई समेत माक्स तथा सेनिटाइजर वितरण गरिएको छ ।  वडा प्रहरी कार्यलय धरानलाई १ सय माक्स, १० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर वितरण गरिएको छ भने अस्थायी प्रहरी कार्यालय धरान १५ लाई ८ थान फेससिल्ड र ८ थान सेनिटाइजर वितरण गरिएको संघले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.