Websoft University

जिल्ला अस्पताल उदयपुरमा रहेको दुई वटा भेन्टिलेटर सहितको ५ वेड आईसीयु कक्ष संचालनमा ल्याउन त्रियुगा नगरपालिका ले पहल थाल्यो

 


गाईघाट २ जेष्ठ  । रातो तारा डट कम,जिल्ला अस्पताल उदयपुरमा रहेको दुई वटा भेन्टिलेटर सहितको ५ वेड आईसीयु कक्ष संचालनमा ल्याउन त्रियुगा नगरपालिका ले पहल थालेको छ । १० महिना अघि आइसीयु कक्ष  स्थापना गरिएको भएपनि दक्ष जनशक्तिको अभाबमा अहिले सम्म संचालनमा आउन सकेको छैन जिल्लामा अहिले कोरोना संक्रमितको संख्या दृत गतिमा बढ्न थालेपछि नगरपालिकाले लामो समय देखि संचालनमा आउन नसकेको आईसीयु कक्ष संचालन गर्न तयारि थालेको छ । जटिल अबस्थामा पुगेको बिरामि लाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने हुन्छ । अहिले कोरोना संक्रमितको संख्या दिनहु बढ्दो छ । कोरोना संक्रमित बाट गम्भिर अबस्थामा पुगेका बिरामि को अहिले भेन्टिलेटर संचालनमा नहुदा जिल्ला बाहिर उपचारको लागि लानु परेको छ । नगरपालिकाले आबश्यक जनशक्ति ब्यबस्थापन गर्न जिल्ला अस्पताल उदयुपर लाई निर्देशन दिएको छ ।  अस्पताल बाट ब्यबस्थापन गरिने त्यस्ता दक्ष जनशक्तिको सेवा सुबिधा र पारिश्रमिक नगरपालिका बाट उपलब्ध गराईने छ । “मेयर साबले तत्काल आईसीयु संचालनमा ल्याउन भन्नुभएको छ” । जिल्ला अस्पताल उदयपुरका निमित्र मेसु जीव नारायण मण्डलले भने । आबश्यक चिकित्सकको लागि सबै खर्च नगरपालिका बाट उपलब्ध हुने उनले बताए । उनले मेयरको निर्देशन पछि दक्ष चिकित्सकको खोजी गरीएको भए पनि अझै पाउन नसकेको बताए । एक एनेस्थेसियोलोजिष्ट, ४ जना मेडिकल अफिसर र ५ जना तालिमप्राप्त स्टाफ नर्स आवस्यक पर्ने डा मण्डल ले बताए । त्रियुगानगरपालिका मेयर बलदेब चौधरीले अस्पतालको आईसीयु तत्काल शुरु गर्न प्रमुख लाई निर्देशन दिएको बताए । यस्तो प्रकोपको बेला जरुरी भए पनि आईसीयु संचालन गर्न र चाहिने आवश्यक बजेटको ब्यबस्था नगरपालिका बाट गरिने उनले बताए । ५० शैयाको जिल्ला अस्पतालमा ११ औ तहको प्रमुख कन्सल्टेन्ट,  बिशेषज्ञ ९ ,मेडिकल अ्िधकृत ४ र अन्य प्राबिधिक सहित ५९ जनाको दरवन्दी रहे पनि प्रमुख सहित बिशेषज्ञ चिकित्सक लामो समय देखि ब्यबस्था हुन सकेको छैन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.