Websoft University

कोरोना संक्रमित को संख्या दिनहु बड्न थालेपछि उदयपुरका पाच वटा स्थानिय तहले बुधबार देखि अनिश्चतकालको लागि सबै सेवाहरु वन्द गरे


श्याम राई-गाईघाट २२ बैशाष । रातो तारा डट कम,कोरोना संक्रमित को संख्या दिनहु बड्न थालेपछि उदयपुरका पाच वटा स्थानिय तहले बुधबार देखि अनिश्चतकालको लागि सबै सेवाहरु वन्द गरेकाछन । मंगलबार एकै दिन ठुलो संख्यामा कोरोना संक्रमित बढे पछि त्रियुगा नगरपालिका, बेलका, चौदण्डीगढी , कटारी नगरपालिका र उदयपुरगढी गाउपालिकाले सबै सेवाहरु बन्द गरेका हुन । पिसिआर टेष्ट बाट ति स्थानिय तहहरुमा ३३ जना कोरोना संक्रमित भेटीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी बुधबार एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिकामा कार्यरत ४२ वर्षिया महिला कर्मचारी र २४ र ३८ बर्षिय दुई पुरुषमा संक्रमण देखिएको हो । चौदण्डीगढी नपा ६ सातधारे स्थित कोभिड अस्पताल मा उपचाररत ९ जना मध्ये एक महिला र एक पुरुषको अबस्था गम्भिर देखिएकोले उनीहरु लाई बिराटनगर रेफर गरिएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेज बहादुर पोखरेलले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.