Websoft University

जिल्ला प्रशासन कार्यलय सुनसरीले आजबाट ३१ गते सम्मका लागि थप कडाईका साथ पूर्ण निषेधाज्ञा जारी गरेको भए पनि सवारीका साधान चलिरहेका छन।


सुनसरी दुहबी । रातो तारा डट कम, नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारीका रुपमा नेपालमा समेत फैलिरहेको तथा उच्च जोखिममा रहेको सुनसरीमा जिल्ला प्रशासन कार्यलय सुनसरीले आजबाट ३१ गते सम्मका लागि थप कडाईका साथ पूर्ण निषेधाज्ञा जारी गरेको भएपनि दुहबी मा भने यसको पालन भएको देखिदैन।  

जिल्ला प्रसासनले निषेधाज्ञामा अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्ने, सार्वजनिक तथा निजि सवारीसाधन, सिटी, अटो रिक्सा, यातायात सेवा  पूर्ण रूपमा बन्द गर्ने गर्ने निर्णय गरेको भए पनि दुहबी मा भने केही सवारीसाधन चलेको देखिन्छ।  

खाधान्नलगायत अत्यावश्यक बस्तुका पसलहरू १० बजे सम्म संञ्चालन गर्न दिने भनिए तापनि दुहबी मा भने  कस्मेटिक, हार्डवेयर, कपडा पसल, जुत्तचप्पलको पसल समेत खोलेर बेचेको देखिन्छ। 

सुनसरी प्रशासन ले कडा निर्णय लिए पनि दुहबी मा यसको धाज्जी उडाएको देखिन्छ। चन्द रोैनियार,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.