Websoft University

उदयपुरका स्थानिय तहले आफनै खर्चमा कोरोना बिरुद्धको खोप किन्ने

 


गाईघाट ५ जेष्ठ ।  खोपको अभाब भैरहेको बेला उदयपुरका स्थानिय तहले आफनै खर्चमा कोरोना बिरुद्धको खोप किन्ने भएको छ । जिल्लाका चार नगरपालिका र चार गाउपालिका गरी आठ वटा स्थानियतहले संयुक्त रुपमा रकम विनियोजन गरी कोरोना बिरुद्धको खोप किन्न लागेको हो । आठ वटै स्थानिय तह मिलेर गत बर्ष उदयपुर बिकास बोर्ड गठन गरीएको थियो । कोर्डको मंगलबार बसेको भर्चुअल बैठकले आगामि आर्थिक बर्ष पुर्बधार बिकास तर्फको बजेट मार्फत कोरोना खोप ब्यवस्थापन गर्ने गरी रकम बिनियोजन गरिने निर्णय गरीएको बोर्डका अधक्ष्य एंवम त्रियुगा नगरपालिका गाईघाटका मेयर  बलदेब चौधरीले बताए । उनले केन्द्र बाट खोप उपलब्धमा ढिलाई भएकोले स्थानिय तहले आफनै बजेट बाट खोप किन्न लागेको बताए । “अहिले जिल्लामा संक्रमितको संख्या बढनुको साथै मृत्यु दर समेत बढिरहेको छ । कोरोना लाई परास्त गर्न खोप को बिकल्प नभएकोले तत्काल सबै लाई खोप उपलब्ध गराउन आबश्यक ठानेका हौ” । उनले भने । “त्यसैले खोप किन्न लागेका हौ ”। आठ तहका ३ लाख जनसंख्या मध्ये २ लाख लाई खोप दिन बजेट विनियोजन गरी स्वीकृतिको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाई अनुरोध गर्ने निर्णय गरीएको मेयर चौधरीले बताए । बेलका नगरपालिकाले राख्न लागेको अक्सिजन ल्पान्टको लागी चार वटा नगरपालिकाले १०—१० लाख र चार वटा गाउपालिका बाट ५ —५ लाख रुपैया बिनियोजन गर्ने निर्णय भएको पनि उनले बताए । बोर्डले गत बर्ष पनि सबै स्थानिय तह को १ करोड र स्वीस सरकारको डेढ करोड सहयोगमा चौदण्डीगढी ६ बेलटारमा ४० शैयाको कोभिड अस्पताल निर्माण गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.