Websoft University

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि– काठमाण्डौमा एन्टिजेन परीक्षण तीब्र गतिमा अगि बढाइएकोछ


काठमाण्डौ जेठ ५ गते । रातो तारा डट कम,हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा हिजो कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ । स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ । महानगरको सहकार्यमा धेरै सङ्क्रमित भएका असन, डिल्लीबजार, न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.