Websoft University

नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फैलिएको पुष्टि


काठमाण्डौ जेठ ५ गते । रातो तारा डट कम, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फेला परेको जनाएको छ । मन्त्रालयले हिजो नयाँ भेरियन्ट पत्ता लगेको सम्बन्धमा अपिल जारी गर्दै नेपालमा तीन किसिमका भेरियन्ट रहेको जनाएको हो । देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ सङ्क्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१६१७.१ पुष्टि भएको हो । यससँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमको भेरियन्ट रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ ।



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.