Websoft University

 


  • सुनसरी । रातो तारा डट कम, इटहरीमा पुरै बस्ती बिरामी भएको गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

    आफू सहित स्वास्थ्यकर्मीको समूह टोल मै गएर एन्टिजिन परिक्षण गर्दा कोरोना संक्रमण देखिएको उहाँले वताउनुभयो । समुदायमा गएर ९ जनाको एन्टिजिन बिधिबाट परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाँउमा कोरोना संक्रमण रहेको पुष्टि भए पछि सुनौलो टोल सिल गरिएको छ । त्याँहा एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घर का २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका र त्यसमा ९ जनामा परिक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.