Websoft University

अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

 


बिराटनगर बैशाख  १८ गते । रातो तारा डट कम,१३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा सम्पूर्ण श्रामजिवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा दीर्धायू, सु–स्वास्थ्य, शुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर उन्नति, प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

श्रामिकहरुका अधिकारको रक्षा र अधिकार प्राप्तिका लागि तथा निरङ्कुश सामन्ति शासनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनमा श्रामजिवी वर्गले पुüयाएको योगदानको उच्च सम्मान व्यक्त गर्दछु । साथै संघर्षका क्रममा आङ्कनो जीवन उत्सर्ग गर्ने महान शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

इतिहासमै पहिलो पटक पूरा विश्व कोरोना भाइरससँग लडिरहेको छ । आजका दिनमा सबैभन्दा बढी कोरोना र जीवनसँग कोही कठिन लडाँई लडिरहेको छ भने त्यो मजदुर हो, श्रामिक वर्ग हो । नेपालमा त्यस्ता धेरै श्रामिक छन् जो साँझ बिहान गाँस, बास र कपासको निमित्त मात्रै आङ्कनो भरदिन श्राम खर्चिरहेका हुन्छन् । यस्तो विषम परिस्थितिमा श्रामिकहरुको जीवन रक्षाका लागि सम्बन्धित सबै सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँन चाहान्छु । जसको श्रामले संसार बाँचेको छ, उसको सम्मान हुनुपर्छ शास्वत सत्य यही हो । 

यो महामारी नियन्त्रणमा अहोरात्र शारीरिक तथा मानसिक तनावको प्रवाह नगरी महामारी विरुद्धको लडाँईको अग्रमोर्चा सम्हालिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उचित सुरक्षाको सुनिश्चितता र श्रामको उचित सम्मानजनक मुल्याङ्कन र महामारीलाई परास्त गर्ने उच्च मनोबलसहितको प्रेरणा, जोस र साहस प्राप्तहोस् भन्ने कामना व्यक्त गर्दछु । 

अन्त्यमा, अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को मर्मलाई हृदयगमन गरी सबै मानव समुदायले श्रामिकको श्रामको सम्मान गरोस् र राष्ट्रलाई समृद्ध र सुखी बनाउने श्रामिक वर्ग नै हुन भन्ने कुरालाई आत्मसाथ गरोस् भन्ने अपेक्षासहित पुनः मे १ अर्थात श्रामिक दिवसको यस अवसरमा कोरोना भाइरस विरुद्धको अभियानमा सम्पूर्ण जनता सचेत र जिम्मेवार भएर लाग्न आम जनसमुदायमा हार्दिक अनुरोधसहित शुभकामना व्यक्त गर्दछु ।  धन्यवाद ।

सोमनाथ अधिकारी “प्यासी”

   प्रदेश प्रमुख

     प्रदेश नं. १



अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यूले 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.