Websoft University

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानिय प्रसासनले निषेधज्ञा को समय थपियो

 


गाईघाट ३१ वैशाष । रातो तारा डट कम,कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानिय प्रसासनले  निषेधज्ञा को समय थप एक साताको लागि बढाएको छ । पहिलो पटक जारी गरेको समय शुक्रबार राति देखि सकिदै गर्दा पुःन एक साता निषेधज्ञा थप गरिएको प्रमुख जिल्लाअधिकारी तुलसीरामसेढाईलेबताए । कोभिड १९ संकट व्यबस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधज्ञाको समय जेष्ठ ७ गते सम्म थप गर्ने निर्णय गरेको हो । अबको निषेधज्ञा कडा हुने समेत प्रजिअ सेढाईले बताए । उनले हिडडुल, सामाजिक, तथा सास्कृतिक, धार्मिक कार्यक्रम देखि सबै खाले जमघट हुने गतिबिधि मा कडाई गरिने बताए । त्यसैगरि देवालीपुजा , साकेला , खेलकुद, नाचगान , मेला, जात्रा, भोजभतेर ,हाट बजार सबै माथि रोक लगाईएको छ । उदयपुरमा शुक्रबार थप ५० जना संक्रमित थपिएकाछन । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३६१  पुगेको छ । कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.