Websoft University

इटहरी उपमहानगरपालिका नगर बासीको सेवामा लाग्यो


सुनसरी इटहरी बैशाख ३१ गते । रातो तारा डट कम, इटहरी ७ का केशव वस्नेतलाई कोरोना संक्रमण भएर स्वास फेर्न गाहो भइरहेको थियो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज राम कुमार धमला सहित वस्नेतको घरमा पुग्नुभयो । वस्नेतलाई औषधी दिनुभयो । त्यो औषधी खाए पछिउहाँलाई स्वास फेर्न सजिलो भयो । इमरजेन्सी इन्र्चाज धमलाले तनाव नलिन, मनोवल वढाउन सल्लाह दिनुभयो । कोरोना महामारीका वेला स्थानीय सरकार घरमै आइपुग्दा वस्नेत निक्कै खुशि हुनुभयो । 

पत्रकार कृष्ण भटटराई दोश्रो पटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा आराम गरिरहनुभएको छ । उपप्रमुख गौतमले फोन गरेर स्वास्थ्य अवस्था वारे वुझनुभयो । गाहो अप्ठयारो भए सम्पर्क गर्न आग्रह गर्नुभयो । उपमेयरवाट  फोन सम्पर्क भएपछि आत्मवल वढेको साथै स्थानीय सरकार उत्तरदायी देखिएको पत्रकार भटटराईले प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार सवैका घरमा त पुगेर पनि सकिदैन होला तर फोन मात्र गरेर सोधपुछ गर्दा पनि धेरै राहत हुन्छ ।

  इटहरी उपमहानगर स्वास्थ्य शाखाले अहिले होम आइसोलेसनमा वसेका संक्रमितको अवस्था वुझन फोन सम्पर्क गर्ने गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा वस्नुभएका इटहरी ३ का ७२ वर्षिय सीताराम गुरागाईलाई उमहानगर स्वास्थ्य शाखा वाट फोन गरि स्वास्थ्य अवस्था सोधपुछ गरियो । उपमहानगर स्वास्थ्य शाखाकी नर्सिङ्ग स्टाफ इन्दिरा गौतमले गाहो अप्ठयारो के कसो छ सोध्नुभयो,होम आइसोलेसनमा वस्दा ध्यान दिनु पर्ने कुराहरु वताइदिनुभयो । घरका धेरै सदस्यलाई कोरोना संक्रमण भएपछि तनाव भइरहेका वेला उपमहानगरवाट फोन आएपछि ७२ बर्षिय गुरागाईको मन हल्का भयो ।इटहरी ४ का संक्रमित सन्तोष राज भटटराईलाई पनि उपमहानगरवाट फोन आएपछि निक्कै सन्तोष लाग्यो । होम आइसोलेसनमा वसेका संक्रमतिको अवस्था वुझदै सहयोग गर्नुपर्ने अवस्थाको जानकारी लिन उपमहानगरले फोन सम्पर्क गर्न थालेको हो । होम आइसोलेसनमा वसेकाहरुले अपनाउनुपर्ने स्वास्थ सुरक्षाका उपाय,खानु पर्ने औषधी र थप स्वास्थ्य सल्लाह आवश्यक परे इटहरी अस्पतालका डक्टरहरु सँग सम्पर्क गर्न सल्लाह दिने गरिएको नर्सिङ्ग स्टाफ इन्दिरा गौतमले वताउनुभयो । इटहरी उपमहानगरले इटहरी रंगशालामा ५० शैयाको अक्सिजन सहितको आइसोलेसन र ६शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । दुईवटा एम्वुलेन्स तैनाथ छन । इटहरीमा संक्रमितको संख्या ८ सय ४१ पुगेकोछ । १सय ६८ जना निको भएका छन । १२ जनाको ज्यानगएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.