Websoft University

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न -मन्त्री पुरानै दोरिए

 


काठमाण्डौ बैशाख ३१ गते ।रातो तारा डट कम, मुलुकको ४३ औं प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शितलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

संसदबाट गत सोमबार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागी दिएको समयमा कसैको दाबी नपरेपछि ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओली तेस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोराउँदै मन्त्रिपरिषद् गठन गरेका छन् ।

यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छिन्। यस्तै प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई सपथ गराएका छन् ।

सपथ लिने मन्त्रीहरूमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन् ।

त्स्त भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्वाहाङ्फे, लीलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो छन् । राज्यमन्त्रीहरू नवराज रावत,विमला विक र रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्री र राज्य मन्त्रीहरुले यसअघिकै मन्त्रालयको जिम्मा पाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.