Websoft University

बुधबारे जेसीजद्वारा इलाका प्रहरी कार्यालय बुधबारेका सुरक्षाकर्मीलाई मास्क सेनिटाइजर प्रदान

 


झापा बुधबारे, बैशाख ३१ गते । रातो तारा डट कम, बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ ।


जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै

 दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य सर्तकता अपनाउन ती सामग्री प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको संयोजकत्वमा मास्क सेनिटाइजर प्रदान गर्ने कार्यक्रम गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् । कार्यक्रम संयोजक भट्टराईले इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाललाई ती सामग्री प्रदान गरेका थिए ।

बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको आयोजनामा बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न

बुधबारे, बैशाख ३१ । बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले बताएका छन् ।

बुधबारे जेसीजका अग्नेष दाहालको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक सहयोग रहेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । कोरोनाको उच्च जोखिमका बिच स्वास्थ्य सर्तकता अपनाएर गरिएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक अग्नेष दाहालले जानकारी दिए । (अनिल वाग्ले बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.