Websoft University

मेयर ज्ञानेन्द्र श्रेष्ठ, उप मेयर भिम कुमारी राउत र वडा न ४ का वडा अधक्ष्य कृष्ण बहादुर दनुवारको घरमा ढुङगा मुढा प्रहार गरी तोडफोड गरे


 गाईघाट ५ जेष्ठ । रातो तारा डट कम,सार्बजनिक जग्गा मिचेर बनाएको घर नगरपालिकाले भत्काए पछि आका्रेसित स्थानियले बुधबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उप मेयर भिम कुमारी राउत र वडा न ४ का वडा अधक्ष्य कृष्ण बहादुर दनुवारको घरमा ढुङगा मुढा प्रहार गरी तोडफोड गरेका छन ।

स्थानिय मान बहादुर दनुवार र भुमि अधिकार मञ्च उदयपुरका अधक्ष्य सन्त बहादुर सुनारको घर दिउसो मेयर श्रेष्ठको उपस्थितिमा भत्काईएको थियो । तिन दिन मात्र मृत्यु भएका दनुवार का आफन्तहरु शोकमा परेका वेला नगरपालिकाले विना जानकारी घर भत्काई दिए पछि स्थानिय बासिन्दा निकै आका्रेसित बनेका थिए । संयौको संख्यामा भेला भएका उनिहरुले दिउसो देखि नाराजुलुस गर्दै मेयर सहित तिन जनाको घरमा तोडफोड गरेका थिए । तोडफोड बाट तिनै जनाको घरमा क्षति पुगेको छ । आको्रसित भिडलाई नियन्त्रण गर्न जनपद र शसस्त्र प्रहरी लाई परिचालन गरिएको छ । प्रहरी ले स्थिति लाई नियन्त्रणमा लिन केहि सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए । कोरोना संक्रमणको बेला उनिहरु ले वडा न ४ जहडी स्थित  सार्बजानिक जग्गामा घर बनाएको उप मेयर भिम कुमारी राउतले बताइन । २ बर्ष अघि सार्बजनिक जग्गा संरक्षण गर्नु भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय बाट निर्देशन आएको मेयर श्रेष्ठ ले  बताए ।“ जग्गा संरक्षणको लागि हामिले उृनिहरु लाई पटक , पटक सुचना जारी गर्दा अटेर गरेकोले गैरकानुनी रुपमा बनाएको घर भत्काएका हौ ।” उनले भने । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.