Websoft University

प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक ः मन्त्री राई

 


विराटनगर, ५ जेठ ।  रातो तारा डट कम,प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताउनु भएको छ । 

कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु लगायतसँग आज गरिएको भर्चुअल बैठकमा उहाँले कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउनमा उहाँले जोड दिनुभयो । मन्त्री राईले भन्नुभयो,‘ जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाण्डौं, विराटनगर धाउनु नपरोस् ।’ उहाँले जिल्ला स्तरमा व्यवस्थित अस्पतालको आवस्यकता रहेकोमा पनि जोड दिनुभयो । 

झापा, मोरङ र सुनसरी बाहेकका जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा समस्या रहेको उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ जिल्ला स्तरमा अव हामी व्यस्थित अस्पताल बनाऔं ।’ प्रदेश सरकार, स्थानीय सरकार र दातृ निकायसँगको सहकार्यमा काम अघि बढाउन आवस्यक रहेकोमा उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ स्वास्थ्यका लागि योजना बनाएर अघि बढौैं, कोभिडले हामीलाई यो कुरा सिकाएको छ ।’ मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्री लगायतको माग आईरहेकोले आवस्यकताका आधारमा चाडैं पठाइने बताउनुभयो । उहाँले स्वास्थ्य कार्यालयहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि ५–५ लाखका दरले सवै जिल्लाहरुमा रकम पठाईने तयारी भईरहेको जानकारी दिनु  भयो । उहाँले स्थानीय तह तथा जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि अहोरात्र खट्ने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरु लगायतलाई धन्यवाद  दिनुभयो । 

बैठकमा सहभागि स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरुले कोरोना संक्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.