Websoft University

अनिता यादब को हत्या उनकै देवर बिनोद यादवले गरेको खुलेको छ

 


रंगेली । रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका वडा नं।३ स्थित तिलुवा चौकको नहरमा रंगेली नगरपालिका वडा नं.३ तिलुवा चोक बस्ने बर्ष २४ को बेचन यादबको श्रीमती बर्ष २४ की अनिता यादब को शव फेला परेको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी अनुसन्धान टोलीले उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रंगेली ३ तिलुवा चौक बस्ने मृतकको देवर नाता बर्ष १९ बिनोद यादव र मृतक अनिता यादववीच मिति २०७८।०२।०४ गते १८.३० बजे विवाद झै(झगडा भएकोमा मिति २०७८।०२।०४ गते अन्दाजी २०.०० बजे निज देवर बिनोद यादवले मृतकको घाँटीको अगाडि पट्टि दाउले प्रहार गरी घटनास्थलमा नै मारेको खुल्न आएकोले निज अभियुक्तलाई आज मिति २०७८।०२।०५ गते अन्दाजी ९.०० बजे निजकै घरबाट पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान कार्य भई रहेको छ ।

साथै उक्त घटनामा प्रयोग भएको दाउ तथा अभियुक्तले लगाएको कपडा समेत निजकै घरबाट बरामद गरिएको । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.