Websoft University

गाइघाटमा आज एकै दिन २१ जना मा कोरोना पुष्टी


गाईघाट २१ बैशाष । रातो तारा डट कम,उदयपुरमा कोरोना संक्रमितको संख्या दिनहु बढ्न थालेको छ । मंगलबार एकै दिन २१ जना मा कोरोना पुष्टी भएको छ । पा्रदेशिक कोभिड प्रयोगशाला बिराटनगर मा गरिएको पिसिआर परिक्षण बाट त्रियुगा नगरपालीकाका १५ जना ,कटारी नपाका ६ जना गरी २१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए। जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी ,जिल्ला अस्पता उदयपुरका ३ र उदयपुरगढी गाउपालिकाका १ गरी ४ जना कर्मचारी सहित १५ जना मा कोरोना संक्रमण देखिएको उनले बताए । शनिवार र आईतबार ७४ जनाको स्वाब संकलन गरि बिराटनगर पठाएकोमा ५५ जनाको रिपोर्ट आइसकेको उनले बताए । त्यसैगरी कटारी बाट १४ जनाको स्वाब संकलन गरि प्रयोगशाला पठाईएकोमा ६ जनामा कोरोना संक्रमण देखिएको प्रमुख सुवेदीले बताए यो संगै उदयपुरमा संक्रमितकको संख्या ६६ पुगेको छ । कोरोना बाट दुई को मृत्यु भैसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.