Websoft University

अमेरिकामा किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी हुदै,


काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट कम,अमेरिकाले १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले कोरोना भाइरसविरुद्ध फाइजरले विकास गरेको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको संघीय अधिकारीलाई उद्धृत बीबीसीले लेखेको छ । आउँदो हप्तादेखि खोप लगाउन स्वीकृति जारी गर्ने तयारी गरिएको छ । फाइजर र जर्मनीको कम्पनी बायोएनटेकले उत्पादन गरेको खोप परीक्षणपछि १२ देखि १५ वर्षसम्मका लागि पनि दिने तयारी भएको हो । खोप उत्पादकले गएको मार्चमै परीक्षणको नतिजा प्रकाशित गर्दै १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीमा पनि खोप सुरक्षित तथा प्रभावकारी रहेको बताएको थियो । सोही अनुसार अमेरिकामा किशोरकिशोरीलाई खोप लगाउने तयारी भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.