Websoft University

भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ करोड नाघ्यो–अवस्था जटिल बन्दै,नेपाल भारत हवाई उडानहरु तु बन्दै गर्नु पर्छ ।


काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले आज जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४ सय ४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । आज दिउसो सम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कुल सङ्क्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको सङ्क्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ । भारतमा हाल सम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरस विरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । १८ वर्ष माथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.