Websoft University

उदयपुरमा कोरोनाको कारण अहिले सम्म १२ जनाको मृत्यु

 


गाईघाट ३ जेष्ठ । रातो तारा डट कम,कोरोना संक्रमित एक युवाको आईतबार साझ मृत्यु भएको छ । संक्रमित भएर घरमै आईसोलेसनमा बस्दै आएका त्रियुगा नगरपालिका १ का ३७ वर्षिय पुरुषको दिउसो अक्सिजन कमि भएपछि कोभिड अस्पताल बेलटार लगिएको थियो । कोभिड अस्पतालमा बेड खालि नभएको भन्दै रेफर गरिए पछि जिल्ला अस्पताल ल्याईएको थियो । अस्पताल ल्याई पु¥याउन साथ युवकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।  ज्वरो बाट ग्रसित ति युवा को गत बैशाष २८ गते जिल्ला अस्पताल उदयपुरमा गरिएको एन्टिजेन परिक्षण बाट कोरोना पुष्टि भएको थियो ।उदयपुरमा कोरोनाको कारण अहिले सम्म १२ जनाको मृत्यु भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.