Websoft University

जनता भन्छन “विपतको वेला स्थानीयसरकार घरमै आइपुग्यो,धन्यवाद इटहरी उपमहानगर‘”

 


सुनसरीजेठ  ३ गते । रातो तारा डटकम, इटहरी उपमहानगरपालिका कार्यालय परिसर छेउको मेचीकाली पोखरीको पूर्व जेष्ट नागरिक चौतारीमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम र प्रमुख प्रशाशकीय अधिकतृ सूर्य प्रसाद सुवेदी कोभिड १९ महामारी व्यवस्थापनको तयारीको विषयमा छलफल गरिरहुनभएको थियो ।


वैठक चलिरहदा इटहरी अस्पतालको इमरजेन्सी इन्चार्ज तथा इटहरीको होम आइसोलेशन टिम संयोजक रामकुमार धमला पनि त्यहिँ पुग्नुभयो । प्रमुख चौधरी विपद कोषमा  आर्थिक सहयोग जुटाउन धमाधम फोन  गरिरहनुभएको थियो । त्यसैविच, प्रमुख चौधरीले इटहरीको वडा नं ३ सुनौलो वस्तीमा ज्वरोका विरामीहरुको अवस्थाका वारेमा धमला सँग चासो राख्नुभयो ।  उपप्रमुख गौतमले त्यहि टोलमा उपचारका लागि स्वास्थ्यकर्मीको टोली सहित जान रामजीहरु आउनुभएको वताउनुभयो ।टण्टलापुर घाम लागिरहेको वेला उपप्रमुख  गौतमको नेतृत्वमा होम आइसोलेशन टिम संयोजक  राम धमला,होम आइसोलेशन टिमका हेल्थ असिष्टेण्टद्धय राजेष विमली र विशाल दाहालको टिम सुनौलो वस्ती ब्लक वी पुग्यो । टोलीले त्यहाँका ज्वरो आएका विरामीको वारेमा जानकारी लिएर परीक्षण गर्दै औषधी उपलब्ध गरायो । स्थानीयलाई कोभिड रोग लाग्नै नदिने र लागिहाले के गर्न सकिन्छ भन्ने वारेमा टोलीले जानकारी गरायो ।  कोभिड वाट वच्न र रोगको अवस्थाको वारेमा स्वास्थ्य जानकारी दिइयो  । २२ जना विरामी मध्य केहीको इटहरी रंगशालामा पीसीआर परीक्षण गरियो । कोभिडको महामारीका वेला वस्तिका धेरैजनालाई ज्वरो आइरहदा के गर्ने कसो गर्ने समस्या भइरहेका वेला उपप्रमुख सहित स्वास्थ्यकर्मीहरु टोलमै पुग्दा स्थानीयवासी खुशि भए । उनीहरुले भने “विपतको वेला घरमै स्थानीयसरकार आइपुग्यो,धन्यवाद इटहरी उपमहानगपालिका ।” धेरै जना विरामी भएको वस्तिमा स्वास्थ्यकर्मी सहित जोखिम मोलेरै पुग्नुभएकी उपप्रमुख गौतमले जनताप्रतिको जवाफदेहिताले आफूहरु सूनौलो टोल पुगेको वताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुलाई भोलि हुने नोक्सानी का बारेमा सबै कुरा बुझाएर लिएर गएको जानकारी दिनुभयो ।  उहाँ भन्नुहुन्छ “यदि त्यो बस्ती का नगरिक लाई कोरोना नै रहेछ भने हामिपनी जोखिम मै छौ!! जोखिम मोलेर पनि हिम्मत गर्यौ । जनता प्रती को जबाफदेहिता ले तान्यो । ”


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.