Websoft University

आजको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने

 


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,नेपाल सुपर लिग (एनएसएल)  फुटबल अन्तर्गत हिजो भएको खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले २–२ गोल गरेर अङ्क बाडेका हुन् । 

हिजो नै भएको अर्काे खेलमा भने एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको छ । धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गर्नुभएको थियो ।

प्रतियोगिता अन्र्तगत आजको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.