Websoft University

सूचनाप्रविधि दिवस आज मनाईने


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,आज चौथो राष्ट्रिय सूचनाप्रविधि दिवस मनाइँदैछ । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ यो दिवस मनाउन लागिएको हो । 


सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दिवसको अवसरमा शुभकामना दिँदै सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । 

उहाँले सबैलाई सूचना प्रविधिसँग जोड्दै ‘समृद्ध नेपाल ः सुुःखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । आजको युुग सूचना तथा सञ्चार प्रविधिको युुग भएको उहाँको भनाइ छ । राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको बताउनुभयो । 

सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्था, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने कार्य गरेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.