Websoft University

निषेधाज्ञालाई देशैभरी कडाइ गरिने


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसको सङ्क्रमण दर तीव्र हुँदै गएपछि सरकारले निषेधाज्ञा कार्यान्वयनमा आजबाट थप कडाइ गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को हिजोको बैठकको निर्णय अनुसार आजबाट जाँच तथा कारबाहीलाई बिहानैदेखि सुरु गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी बसन्तबहादुर कुवँरले सीआईएनसँग बताउनुभयो । 

उहाँका अनुसार काठमाडौँ उपत्यकामा थप कडाइ गर्न जगेडामा रहेका सबै जनशक्तिलाई बिहानैदेखि परिचालन गरिएको छ । पत्रकार, सेवाग्राही, वित्तीय क्षेत्रका कर्मचारी लगायतको आउजाउका कारण पनि काठमाडौँमा समस्या देखिएको र आजबाट व्यवस्थापनका लागि कडाइ गरिएको प्रवक्ता कुवँरले जानकारी दिनुभयो । सीसीएमसीको बैठकले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको हो ।

निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला सहरमा बैँक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गराउने, त्यसका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने निर्णय पनि भएको छ । काठमाडौंँ उपत्यकाका हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने, व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय पनि सीसीएमले निर्णय गरेको छ । 

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन आदि) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सार्वजनिक निर्माणमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माण जारी राख्ने निर्णय भएको उपप्रधानमन्त्री एवं केन्द्रका संयोजक ईश्वर पोखरेलको सचिवालययले जानकारदिएकोछ । 

काठमाडौ उपत्यकाका हकमा पर्यटन र अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड तथा नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाका हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकाय सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने, होम क्वारेन्टिनमा बसेकाहरूका सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने, होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल तिनका देश पठाइने प्रक्रिया अघि बढाउने पनि सीसीएमसी बैठकले निर्णय गरेको  छ । 

होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपालीलाई कानूनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानूनबमोजिम कारबाही गर्नेे उल्लेख छ । बैठकले आमसञ्चारमाध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारण–प्रकाशन गर्न अनुरोध गर्ने तथा सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने निर्णय पनि गरेको छ । 

अस्पतालहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने बारेमा आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले अस्पताल सञ्चालकसँग पनि छलफल गर्ने भएका छन् । 








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.