Websoft University

बुद्ध जन्मस्थलबारेका गलत तथ्य भएका कतिपय देशका पाठ्यक्रममानै सच्याउनुपर्छः प्रधानमन्त्री


काठमाण्डौ जेठ १२ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराउनुभएको छ । दुई हजार ५ सय ६५ औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा एकसन्देश जारी गर्दै उनले उक्त आग्रह गर्नुभएको हो । मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र  शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र मत्वपूर्ण रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.