Websoft University

भारतमा कोरोनाका कारण भयावह स्थिति सृजना हुन थाल्यो


काठमाण्डौ बैशाख १८ गते । रातो तारा डट कम, भारतमा कोरोनाका कारण भयावह स्थिति सृजना हुन थालेको छ । भारतमा कोरोनाको सङ्क्रमण र मृत्यु दर दैनिक रुपमा बढिरहेको मात्रै छैन, दैनिक रेकर्ड तोडिनथालेकोछ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कुनै पनि देशमा एकै दिन यसरी ४ लाखभन्दा बढीलाई सङ्क्रमण देखिएको यो पहिलो पटक हो । भारतमा एक दिनमा ३ हजार ५ सय २३ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाका  कारण मृत्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । 

भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई सङ्क्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना सङ्क्रमणको अवस्था यति भयावह भएको छ कि, अस्पतालमा बेड छैन भने अक्सिजनको अभाब भएको छ । अस्पताल मात्तै होइन, भारतमा शव जलाउने स्थानको पनि अभाब भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.