Websoft University

दुर्घटनाबाट दुई जनाको मृत्यु

 


बिराटनगर,बैशाख १८ गते । रातो तारा डट कम,

मोरङ ग्रामथान-५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे ग्रामथान-२ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक माझी गम्भीर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र चालक सुनसरी बर्जु-५ का जय नारायण चौधरी नियन्त्रणमा रहेका छन ।

यसै गरी झापा बिर्तामोड-४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोल स्थितमा मे १  त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागी ब्याक गर्ने क्रममा   ट्रयाक्टरको डाला पल्टिदा ट्रयाक्टरमा रहेका सह चालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का नियन्त्रणमा रहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.