Websoft University

नेपालमा पनि आन्तरिक बाहिय हवाइ उडान बन्द गर्ने


काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम, नोबेल कोरोना भाइस (कोभिड–१९) को सङ्क्रमण दर रोक्न सरकारले आज मध्यरातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडान भने पर्सि मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषद्को हिजोको बैठकले गरेको हो । 

बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार हवाइ उडान बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । गत शुक्रबार बसेको सीसीएमसी बैठकले भीडभाड बढेको भन्दै आन्तरिक उडान बन्द गर्न सिफारिस गरेकोथियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलको भीड कम गर्न भन्दै आन्तरिक उडानमा कोटा प्रणाली लागू गरेको छ । 

सरकारले कोटा प्रणाली लागु गरेसँगै आज भने ४१ वटा मात्रै उडान हुने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयले एक घण्टामा ३ वटा उडान गर्ने गरी बजार हिस्साको आधारमा एयरलाइन्स कम्पनीलाई कोटा निर्धारण गरेको हो । त्यसअनुसार बुद्धले १८, यतीले १०, श्रीले ५, स्टल २ र साना जहाजका लागि ६ वटा उडानको कोटा तोकिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.