Websoft University

विश्व प्रेस स्वतन्त्रता दिवशको शुभकामना


बिराटनगर बैशाख २० गते । रातो तारा डट कम,हरेक वर्ष मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, समाज र मानव अधिकारका लागि सही, सत्य र निश्पक्ष सूचना प्रवाह गर्ने सम्पूर्ण कर्मनिष्ठ राष्ट्रप्रेमी सञ्चारकर्मी पत्रकारज्यूहरु र प्रेससँग प्रत्यक्ष र परोक्ष सम्बन्ध राख्नुहुने सम्पूर्ण महानुभावहरुमा दीर्धायू, सु–स्वास्थ्य, शुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर उन्नति, प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषणका लागि निरन्तर कर्तव्यनिष्ठ बनी ज्यानकै बाजी थापी विभिन्न प्रकारका दमन, शोषण, धाकधम्कीको प्रभाह नगरी विज्ञाान र प्रविधिको अधिकतम प्रयोग गर्दै आम नागरिकलाई सूचनाको हक दिलाउन अहोरात्र खटिनुहुने तपाई सम्पूर्ण पत्रकार मित्रहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

स्वतन्त्रतासँगै कर्तब्यनिष्ठ प्रेसको अपेक्षा राष्ट्रलाई रहन्छ, जनतामा भ्रम सृजना गर्ने र त्रासदी फैलाउनेभन्दा पनि सही र सकारात्मक प्रेसको आवश्यकता हाम्रो देशलाई छ । त्यही भएर हामी “सूचनामा नागरिकको पहुँच मौलिक हकको प्रत्याभूति” नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवश मनाइरहेका छौँ । भय र पक्षधरता मुक्त पत्रकारिता हाम्रो उदेश्य हुनुपर्छ । लोकतन्त्रको आधारभूत तत्व प्रेस स्वतन्त्रता जनताको सुसूचित हुने अधिकारसँग जोडिएको मौलिक हकलाई सही सदुपयोग होस् भन्ने अपेक्षा गर्दछु ।

मानव अधिकारको स्रोत मानिने प्रेस स्वतन्त्रतालाई सबैले सम्मान गर्नुपर्छ । प्रेससँग सम्बन्ध राख्ने सबै पक्षको जन, धनको सुरक्षा गर्नु सरोकारबाला निकायको जिम्मेवारी हो । प्रेसमाथि व्यवहारिक उदारता देखिनु आवश्यक छ । वर्तमान परिप्रेक्ष्यमा कोभिड १९ को संक्रमणलाई न्यूनीकरण गर्न र जनता समक्ष सूचना पूüयाउने विषय अत्यन्तै जोखिमको कार्य 

हो । यस्ता महामारी हुन वा प्राकृतिक प्रकोपका समयमा प्रेस जगतले पूüयाएको योगदानको उचित मूल्याङ्क हुनु आवश्यकछ ।

राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्दै भूगोल र सीमाभन्दा माथि उठी जातीय तथा सामाजिक विभेदको अन्त्य गर्न विध्यमान समाजका विकृतिविसङ्तिको अन्त्य गर्न, सु%शासन स्थापना गर्न र भष्ट्रचार विरुद्धको अभियान सफल गर्ने प्रेरणा यस दिवसले प्रदान गरोस् भनी सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद । 

सोमनाथ अधिकारी ‘प्यासी’

प्रदेश प्रमुख

प्रदेश नं. १

विराटनगर, नेपाल 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.