Websoft University

विश्व प्रेस स्वतन्त्रता दिवस र पेसा गत बाटो बिराइएको नेपालको पत्रकारीता


काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम,आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोरोनाको सङ्क्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर रहेको र यही कोरोनाका कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गर्नुभएको छ । 

(यो व्यावसायिक पत्रकारहरुको गुनासो हो – आजका पत्रकार नेपालको पत्रकारीताले बाटो बिराइसकेको जनगुनासोहरु पनि बढीरहेको पाइन्छ । व्यावसायिक पत्रकारीता भन्दा महासंघमा पाटीका कार्यकर्ता कर्मचारी, अन्य पेसा व्यावसाय गर्ने व्यावसायि र पत्रकारीताको नाममै नजान्नेले सदस्यता लिएका छन । अहिले नेपालमा पत्रकार हुनलाई समचार लेखिरहनु पर्दैन, पाटीको कार्यकर्ता हुनु पर्छ र महासंघको सदस्य चै हुनै पर्छ बास ठुलो पत्रकार भइहाल्छन । चन्दा पुरस्कार सहयोग सबै यिनैले पाउने हो खास पत्रकार चै भ्यागुतो आयो आयो फुस फुस भए भएकोछ । जवसम्म यो बिकृति सचिदैन नेपालको पत्रकारीताले सहिबाटो लिनसक्तैन ।)

नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरूको सङ्ख्या ५ सय १७ रहेकोउहाँको भनाइछ । महासङ्घले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

 हरेक वर्षको मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि पत्रकार महासङ्घको आयोजनामा युनेस्कोसँगको सहकार्यमा आज भर्चुअलरूपमा अन्तरक्रिया हुँदैछ ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.