Websoft University

कोभिड–१९ रोकथाम, उपचार गर्न चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको खर्च गर्न अर्थ मन्त्रालयले सहमति दियो ।


काठमाण्डौ जेठ ३ गते । रातो तारा डट कम,कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

मन्त्रालयले २६ केन्द्रीय अस्पताल र ९ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । 

कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागअनुरुप अर्थ मन्त्रालयले यो स्रोत सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.