Websoft University

आज २८औँ मदन, आश्रित स्मृति दिवस


काठमाण्डौ जेठ ३ गते । रातो तारा डट कम,नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औँ स्मृति दिवस, नेताद्वयको योगदानको चर्चा गर्दै मनाइँदै छ । नोबेल कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण जोखिमका कारण एमालेले कुनै औपचारिक कार्यक्रम आयोजना नगरे पनि बिभिन्न सामाजिक सञ्जालमार्फत नेताहरूले श्रद्धा प्रकट गरेका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता भण्डारी र आश्रितको स्मृति दिवसमा एक वक्तत्व्य जारी गर्दै जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता जनाउनुभएको छ । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा भएको जीप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.