Websoft University

कोभिड–१९ विरुद्धको खोप कोभ्याक्स छिटो उपलब्ध गराइदिन आग्रह


काठमाण्डौ बैशाख २५ गते । रातो तारा डट कम,उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग हिजो भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।  भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप भएकाले नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको पोखरेलले बताउनुभयो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.