काठमाण्डौ बैशाख २५ गते । रातो तारा डट कम,विश्व स्वास्थ्य संगठनले चीनले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । चीनीयाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ खोपलाई संगठनले आपातकालीन प्रयोगका लागि अनुमति दिएको हो । संगठनले भेरोसेल खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै अनुमति दिएको हो । अन्तर्राष्ट्रिय स्तरमा चीनको खोप प्रभावकारी हो भन्ने पर्याप्त आधार र प्रमाणहरु नरहेकाले यसको अनुमतिका लागि संगठनले अनिश्चितता बताएको थियो । तर, हिजो संगठनले चीनको सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको खोप सुरक्षित, प्रभावकारि र गुणस्तरीय रहेका भन्दै मान्यता दिएको छ । विश्व स्वास्थ्य संगठनले यसअघि, फाइजर, एस्ट्राजेनेका, जनसन एन्ड जनसन र मोडेर्नाको खोपलाई पहिले नै आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको थियो भने रुसले विकास गरेको कोरोनाविरुद्धको खोपको विषयमा अध्ययन जारी छ ।
चीनले विकास गरेको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपले पनि अनुमतिपायो

Post a Comment