Websoft University

उदयपुरको ग्रामिण भेगमा दुई साता यता कोरोना संक्रमितको संख्या बढ्न थाल्यो


 गाईघाट १२ जेष्ठ । रातो तारा डट कम,उदयपुरको ग्रामिण भेगमा दुई साता यता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । गाउघरमा रुघाखोकी , उच्च ज्वरो आउने बिरामी मा एन्टीजेन परिक्षण गर्दा अधिकाक्षमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्यकर्मीहरु बताउछन । बुधबार जिल्लामा थप १ सय ३८ जनामा कोरोना संक्रमण भटिएकोमा जिल्लाकै पहाडि भेगको रौतामाई   गाउपालिकामा मात्रै ३८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । पहाडि भेगकै लिम्चुङवुङ र उदयपुरगढी गाउपालिकामा समेत १२  र  ८ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी त्रियुगा नगरपालिकामा ४८, कटारीमा २६ र बेलका नगरपालिकामा ७ जनामा नया संक्रमित पुष्टि भएको प्रमुख सुबेदी ले बताए । जिल्लामा कुल संक्रमितको संख्या ९ सय ६२ जना पुगेको छ  भने २९ जनाको मृत्यु भएको सुचना अधिकृत चिरन्जीबी निरौलाले बताए । दुई साता देखि निरन्तर कोभिड बाट संक्रमित को मृत्यु हुने गरेकोमा बुधबार भने रोग बाट मुक्त भएर घर फर्कने र मृत्यु हुनेको संख्या शुन्य रहेको छ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.