Websoft University

लायन्स क्लब इन्टरनेशनल डाइरेक्टरमा सिटौलाको उम्मेदवारी

 


काठमाडौं । रातो तारा डट कम, लायन्स क्लब इन्टरनेशनल पूर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पीएमजेएफ (१६ डाइमण्ड)सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका उम्मेदवारमा मनोनयन दर्ता गरेका छन् । 

उनले आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनी आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल (२००६–००७)मा सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डासमेत फहराउन सफल सिटौलाले नेपालको झण्डा विश्वको २ सयभन्दा बढी राष्ट्रहरूमा फहराउन अघि बढेका छन् । विश्वका २ सयभन्दा बढी देशमा फैलिएको लायन्स क्लबमार्फत उनी यस अभियानलाई सफल पार्न कम्मर कसेर लागेका छन् । सफल नेतृत्वको परिचायक बनेका लायन्स लिडर खगेन्द्र सिटौलाको अनुभव, खारिएको प्रतिभा, समाजसेवामा सक्रिय भूमिका र कार्यकौशलताले लायन्सको शाखलाई उचो पार्दै अघि बढन मार्गप्रशस्त गर्नेमा शंका गर्नुपर्ने ठाउँ देखिन्न ।

सिटौलाको लायन्स यात्रा

खगेन्द्र सिटौला सन् १९९७ मा लायन्स क्लब दिङ्ला भोजपुरको संस्थापक सदस्यको रुपमा रुपमा लायन्स क्लबमा प्रवेश गरेका थिए । उक्त क्लबमा उनले २००२–०३ को क्लब अध्यक्षका रुपमा काम गरे । त्यसैगरी २००२–०४ सम्म जोन चियर पर्सन हुँदै उनी सन् २००४–०५का क्याबिनेट सेक्रेटरी बने भने २००६–०७का डिस्ट्रिक ३२५ ए का डिस्ट्रिक गभर्नरको रुपमा चयन भए । यस बखत उनले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका थिए ।

उनले सन् २०१२–२०१३ मा मल्टिपल डिस्ट्रिक ३२५ नेपालका काउन्सिल चियार्पर्सन भएर काम गरेका थिए । त्यसैगरी सन् २००७–०८ देखि मल्टिपल डिस्ट्रिक ३२५ एल सी आइ एफको कोर्डिनेटर भएका उनले सन् २०१०–११ देखि २०१५–१६ सम्म मल्टिपल डिस्ट्रिक ३२५ लायन्स क्वेष्ट चियरपर्सन हुँदै सन् २०१३–१४ देखि २०१५–१६ को जीएमटी मल्टिपल डिस्ट्रिक ३२५ कोर्डिनेटर रहेर काम गरिसकेका छन् ।

सन् २०१७ देखि सन् २०१९ सम्म जी एम टि एरिया लिडर मल्टिपल डिस्ट्रिक ३०५ पाकिस्तान तथा मल्टिपल डिस्ट्रिक ३२५ हुँदै सन् २०१९ देखि हालसम्म जीएटी एरिया लिडरको रुपमा सक्रिय हुँदै आएका छन् । उनले ८ वटा अन्तर्राष्ट्रिय अध्यक्ष पदक, ४ लिडरसिप पदक, एलसीआइएफ कन्ट्रीब्यूटर पदकका साथै धेरै अन्तर्राष्ट्रिय अध्यक्षका प्रमाणपत्र प्राप्त गरेका छन् ।

सिटौला हालसम्म ४ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन् । उनी सन् २००८ मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१० मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१२ मा डिस्ट्रिक ३२५ ए १ बाट र हाल सन् २०२१ मा डिस्ट्रिक ३२५ ए १ बाट इण्डोर्सी भएका हुन् । गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । लायन्स अन्तर्राष्ट्रियको कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका सिटौला नेपाली लायन्सको हरेक सदस्यहरू माझ भिजेर काम गरेकाले देशभरका लायन्स सदस्यहरूको मन र विश्वास जित्नेमा आफू ढुक्क रहेको बताउँछन् । लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डालाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.