Websoft University

सिद्धिचरण राजमार्ग अन्तर्गतको कटारी–मरुवा सडक खण्डमा कालो पत्रे गरेको २४ घण्टा नवित्दै कालो पत्रे उप्किन थाले पछि जनता आक्रोशित


श्याम राई-उदयपुर  गाईघाट, २ बैशाख । रातो तारा डट कम, सिद्धिचरण राजमार्ग अन्तर्गतको कटारी–मरुवा सडक खण्डमा कालो पत्रे गरेको २४ घण्टा नवित्दै कालो पत्रे उप्किन थालेको छ ।


कटारी अस्पताल चौकदेखि मरुवा सम्मको ३ हजार २ सय मिटर सडक कालो पत्रे गरिएकोमा सडकको धेरै भागमा कालो पत्रे उप्किएको छ । सोमबार रातीभरी नै सडक कालो पत्रे गरिएकोमा दिउँसोदेखि कामै नलाग्नेगरि सडकको एक दर्जन ठाउँमा कालो पत्रे उप्किएको स्थानीय गणेश खत्रीलेले बताए ।

प्रदेश १ सरकारको भौतिक पूर्वाधार मंत्रालय मार्फत ३ करोड २४ लाख ६ हजार ५ सयको लागतमा रौता सुसम आदित्य रेग्मी जेभीले सडक कालो पत्रे गरेकोमा गुणस्तरहीन सामाग्रीको अत्याधिक प्रयोगले सडक भत्किएको स्थानीयको भनाई छ ।

रातमा लटपटको काम, सामाग्री गूणस्तरहीन हुँदा सडक भत्किएको स्थानिय बेचु गुप्ताले बताए । राती अनुगमन नहुदा ठेकेदारले आफू खुशी कमसल सामाग्री प्रयोग गरेर कालो पत्रे गरिदा २४ घण्टा नवित्दै सडक भत्किएको उनले बताए ।

‘ कालो पत्रे गरिएको सडक एक दिनमै कसरी विग्रीयो भन्ने बारे अनुसन्धान शुरु गरेका छौ ।’ कटारी नगरपालिका मेयर ज्ञानेन्द श्रेष्ठले बताए । कतै ठेकेदारले बदमासी त गरेको छैन ? हामीले सम्बन्धि कार्यालयका प्रमुख र ठेकेदारलाई तत्काल बोलाएका छौ ।’ उनले भने । कार्यवाही गरिने उनले बताए ।

२०७६ चैत ६ गते संझौता भएर काम शुरु भए पनि ठेकेदारले विचमा काम छोडेको कारण लामो समय सम्म काम अघि बढेको थिएन् । ठेकेदारले काम अघि नवढाउदा धुलाम्मे उक्त सडकमा सवारी चापले धुलोले बस्तीलाइ प्रभावित तुल्याएपछि स्थानीयले पटक, पटक सडक अवरुद्ध गरेका थिए ।

पूर्वाधार सडक विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्र कर्णले कालो पत्रे कसरी उप्कियो भन्ने बारे प्राविधिक टोलीलाई अनुसन्धानकोे लागि खटाईएको बताए । ठेकेदारको बदमासी वा अरु कुनै कारणबाट भएको हो भन्ने बारे प्राविधिक टोलीको रिपोर्ट आएपछि मात्र थाहा हुने उनले बताए ।





                                                    



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.