Websoft University

महासंघको गम्भीर ध्यानाकर्षण


 प्रेस विज्ञप्ति-काठमाडौ बैशाख २ गते । रातो तारा डट कम, नेपाल पत्रकार महसंघ तनहुँ शाखाका सदस्य तथा अन्नपूर्ण पोष्ट सम्वाददाता एवं दमौली न्यूज डटकमका सम्पादक पवन पौडेललाई नेपाली सेनाका सैनिक कमाण्डरले दुव्र्यवहार गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

महासंघ तनुहँ शाखाका अनुसार वैशाख १ गते बुधबार नेपाली सेनाको टोली दमौली बजारको सडकमा दौडिरहेको दृश्य खिँचेको निहुँमा व्यास–५ चापाघाटस्थित कालिभञ्जन गणका निज सैनिक कमाण्डरले पत्रकार पौडेललाई दुव्र्यवहार गर्दै क्यामेरा खोसेर दृश्य हटाएका थिए ।

नेपाली सेनाजस्तो जिम्मेवार निकायको जिम्मेवार सैनिक अधिकारीबाट पत्रकारमाथि गरिएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् छ । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारमा आघत पुग्ने यस्ता कार्य नदोहो¥याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।



प्रकाश थापा

सचिव



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.