Websoft University

सङ्क्रमण दर तीव्र बढेका जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गर्ने निर्णय


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर तीव्र गतिमा बढेका जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

त्यसअघि बाँके, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा १ हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय सम्बन्धित जिल्लाबाट भइसकेको थियो । यी जिल्लामा अब यो निषेधाज्ञाको समयावधि मन्त्रिपरिषद्को निर्णयअनुसार १५ दिनसम्म पुग्नेछ । काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनले पर्सिदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् भने बाँके र बर्दियामा गएरातिदेखि नै निषेधाज्ञा जारी भएको  छ । 

कोरोनाविरुद्ध निषेधाज्ञा जारी गर्ने जिल्लाको सङ्ख्या हालसम्म ९ पुगेको मृहमन्त्रालयले जनाएको छ । निषेधाज्ञाको आदेश उल्लङ्घन गरेमा  सङ्क्रामक रोग ऐन् अन्तर्गत कारबाही अघि बढाउन स्थानीय प्रहरीप्रशासनलाई गृहमन्त्रालयले निर्देशन दिइएको जनाएको छ ।

सार्वजनिक तथा निजी सवारीसाधन, खाद्य र स्वास्थ्य सामग्रीबाहेकका व्यवसाय, सबै किसिमका सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थलले निषेधाज्ञा पालना गर्नुपर्नेछ । सैलुन÷ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, अत्यावश्यकबाहेकका सरकारी र निजी कार्यालयले पनि पालना गर्नुपर्ने सरकारले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.