Websoft University

रतुवामाईमा कोरोना नियन्त्रणका लागि एक साता विद्यालय बन्द, सिमा—नाकामा आवात जावतमा कडाई गरिने

 


बिराटनगर । रातो तारा डट कम,रतुवामाई नगरपालिकाले बढ्दो कोरोना भाईरस नियन्त्रणका लागि एक हप्ता शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । रतुवामाई नगरपालिकामा बसेको कोभिड—१९ संकट व्यवस्थापन समितिको बैठकले नगरभित्रका विद्यालय बैशाख १४ गतेदेखी बैशाख २० गतेसम्म बन्द गर्ने निणर्य गरेको हो । वैठकले विद्यार्थीको अध्ययन तथा परीक्षाको तयारी घरमै गर्न भनेको छ । 


रतुवामाई वाशीको स्वास्थ्य सुरक्षाको लागि जनस्वास्थ्य सम्बन्धि मापदण्ड कडाईका साथ लागु गराउने र टोलटोलमा कोभिड रोकथाम सम्बन्धि जनचेतनामुलक माइकिङ गरिने भएको छ । 

बैठकले सार्वजनिक स्थानमा भिड नगर्न,अनिवार्य मास्क तथा सेनिटाईजरको प्रयोग गर्न अनुरोध गर्दै नियमको उल्लघन गरे नियम अनुसार सुरक्षाकर्मीद्धारा अनुगमन गरी कारवाही गरिने बताइएको छ । 

यसैगरी कोरोना नियन्त्रणका लागि नगरपालिकाले सिमानाकामा आवातमा कडाई गर्ने भएको छ । 

बिहे बर्तवन्ध, धार्मिक तथा साँस्कृतिक कार्यक्रम, सभा सम्मेलन आदि क्रियाकलापको लागि नेपाल सरकारले तोकेको संख्यामा भन्दा बढि नहुने गरी सम्पन्न गर्न गराउने कार्य कडाईका साथ पालना गर्नका लागि निर्णय समेत गरेको छ । 

झुर्कियामा रहेको नगर अस्पताल भित्र रहेको अस्थायी कोभिड अस्पतालबाट १५ शैय्या सम्मको उपचार लागि थप व्यवस्थित बनाईने नगरप्रमुख रविन राईले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.