Websoft University

सुन्दरहरैंचामा महिलाहरुको लगानीमा भिबोटेको रेष्टुरेन्टको उद्घाटन !


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरंगको सुन्दरहरैंचा नगरपालिका -७ गोठगाउँमा सोमबार नयाँ रेष्टुरेन्ट संचालनमा आएको छ। महिलाहरुले लगानी गरि संचालनमा ल्याएको भी-बोटेको रेष्टुरेन्टको उद्घाटन सोहि वडाका वडा अध्यक्ष चैतन्य प्रसाद सिटौलाले गरे।

उक्त अवसरमा होटेल संचालनमा प्रतिष्पर्धा रहे पनि नयाँ अबधारणा अनुसार खोलिएको यस्ता किसिमको रेष्टुरेन्टले सुन्दरहरैंचाको बिकासमा टेवा पुग्ने तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने वडा अध्यक्ष सिटौलाले बताए। महिलाहरुद्वारा संचालन गरिएको यस्ता ब्यबसायमा नगरले समेत प्रोत्साहन गर्ने बताए। 


सुन्दरहरैंचामा रहेका होटेल तथा रेष्टुरेन्टहरु राजमार्ग छेउछाउमा संचालन रहे पनि ३० लाख लगानी गरि महिलाहरुद्वारा संचालन गरिएको यो रेष्टुरेन्ट भने पहिलो हो।

ब्राजिलियन, फ्रान्सेली फुड सहित शान्त मनोरम बातावरणमा खोलिएको यो रेष्टुरेन्ट नेपालकै पहिलो भएको सञ्चालिका क्रिष्टिना निरौलाले बताईन। पहिले ब्राजिलियन रेष्टुरेन्टमा एक सञ्चालकले काम गरेको हुनाले बिशेष गरि फुटबलप्रेमीको लागि यो अबधारणा ल्याउदै खोलिएको जानकारी दिइन्।

त्यसै गरि भी-बोटेको रेष्टुरेन्टका अर्का संचालिका उर्मिला अधिकारीले नयाँ सोचका साथ फेमिलीको लागि समेत बर्थ -डे, पार्टी समारोह गर्न, बिदेशी परिकारको स्वाद चाख्न खोलिएको बताइन। उक्त रेष्टुरेन्टमा अहिले ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.