Websoft University

भारतमा कोरोनाले हालसम्म ६५ हजारभन्दा बढीको ज्यान गइसक्यो


काठमाण्डौ बैशाख १४ गते । रातो तारा डट कम, भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । कोरोना महामारीका कारण भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा सङ्क्रमणको दरमा कमी आएको हो । दैनिक ७० देखि ७५ हजारका दरले सङ्क्रमण दर बढेकोमा पछिल्लो दुई दिनदेखि महाराष्ट्रमा नयाँ सङ्क्रमित थपिने सङ्ख्यामा कमी आएको हो । 

गत २४ घन्टामा महाराष्ट्रमा जम्मा ४८ हजार ७ सय नयाँ सङ्क्रमित थपिएका छन् भने एक दिन अघि ६६ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाराष्ट्र सरकारका अनुसार पछिल्लो २४ घन्टामा ७१ हजारभन्दा बढी सङ्क्रमित स्वस्थ भएर घर फर्केका छन् । महाराष्ट्रमा हालसम्म कोरोनाका कारण ४३ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने ६ लाख ६४ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । 

हालसम्म ६५ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । यसैबीच, भारतमा लगातार छैटौं दिनपनि ३ लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ लाख १९ हजार ४ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ हजार ७ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.