Websoft University

सरकारले नै आफुहरुलाई उपेक्षा गरेको भन्दै नर्सहरुको गुनासो चुलिदै,


काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम,नेपालमा नर्सको सङ्ख्या ९० हजार भन्दा बढि छ र सङ्ख्या थपिने क्रम बढिरहेको छ । तर नर्सहरु सेवा सुविधा राम्रो नभएको भन्दै बेला बेलामा आन्दोलन गरिरहन्छन् । 

सरकारले नै आफुहरुलाई उपेक्षा गरेको भन्दै नर्सहरुको गुनासो रहने गर्छ । यसपाली पनि त्यही गुनासो सहित न्यायको खोजीमा देशभरीका नर्स काठमाडौंमा छन् । पाँचथरका श्रद्धा थापा, ४ वर्ष भयो सरकारी सेवामा लाग्नुभएको । स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य चौकी हुँदै उहाँ अहिले जिल्ला अस्पताल पाँचथरमा कार्यरत हुनुहुन्छ । 

नर्सिङ पेशामा लागेर स्नातक पढ्ने बेला तलब र सेवा गणनासहित विदा पाइन्छ भन्ने अपेक्षा थियो । तर, सरकारले उहाँलाई अहिले अन्यौलमा पारिदिएको छ । आफूले पाउनुपर्ने तलब र सेवा गणनासहितको अध्ययन विदा सरकारले रोकिदिएपछि अब के गर्ने भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ । श्रद्धा मात्रै होइन ललितपुरका प्रतिमा थापा पनि नर्सिङ पेशामा लाग्दै गर्दा भविष्यमा तह बढुवा हुन्छ भनेर रसुवामा काम गर्न जानुभयो । 

सहरमै घरपरिवार भएको र सहरमै राम्रो सेवा सुविधा पाइन्छ भन्ने थाहा हुँदाहुँदै पनि उहाँले दुर्गम क्षेत्र रोज्नुभयो । तर, दुर्गममा गएर दुःख गरेपनि पाउनुपर्ने सेवा सुविधा सरकारले हाल रोकिदिएको छ । स्वास्थ्य सेवा नियमावली २०५५ को दफा ५३ मा अध्ययन बिदा सम्बन्धी व्यवस्था छ । जसमा सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा मन्त्रालयको वा मन्त्रालयलाई प्राप्त स्वदेशी अथवा वैदेशिक छात्रवृत्तिमा मनोनयन वा छानिएर अध्ययन गर्न जाने कर्मचारीले अध्ययन अवधिभर तलब र सेवा गणनासहितको अध्ययन बिदा पाउन सक्ने व्यवस्था छ । 

तर, चिकित्सा शिक्षा अयोगले गत वर्षदेखि यो व्यवस्था नै खारेज गरिदिएपछि नर्सहरु बिचल्लीमा परेका छन् । आफहरुको माग पूरा गर्न सरकारले चासो नदेखाएको काठमाडौं आएका ६० जना नर्सहरुको गुनासो छ । यता, सरकारले आफैंले गरेको व्यवस्था किन खारेज गरेको ? भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले चिकित्सा शिक्षा आयोगमा भएको व्यवस्था अनुसार सेवा कटौती गरिएको बताउनुभयो । 

उहाँले यो निर्णय मन्त्रीपरिषदबाटै भएकाले अब यसलाई तत्काल फेरि थप्न नमिल्ने तर यस विषयमा निरन्तर छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले मन्त्रीपरिषदको निर्णय भएकाले आजको भोलि नै समस्या समाधान नहुने भएकाले विभिन्न चरणको छलफलपछि केहि निस्कर्ष निस्कनेमा हामी लागि रहेको पनि बताउनुभयो । 

नेपालमा बिरामी अनुपातको नर्स छैन, भएका नर्सहरुले बिरामीको सेवा राम्रोसँग दिन सकेका छैनन् । हजारौं नर्सहरु बेरोजगार बसेका छन् भने निजीमा काम गर्नेहरुको दुः ख झन् भनिसाध्य छैन ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.