Websoft University

बोलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु, १ जना घाईते


ओखलढुङगा, चैत्र-२४ गते । ओखलढुङगा मानेभञ्ज्याङ-४ धुसेनि स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवार मध्ये ३ जनाको मृत्यु र १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ-४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, सोही स्थान बस्ने ५० बर्षीय टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने  ५ बर्षीया बालिका डोल कुमारी आलेमगर रहेका छन् । 

आज बिहान सवा ११ बजे  धुसेनि तर्फ जादै गरेको  ना१ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भिर घाईते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको थियो । 

उक्त दुर्घटनामा गम्भिर घाईते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ बर्षीय कमल बहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्सद्धारा काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.