Websoft University

उद्योग संगठन मोरङमा विशिष्ठ सल्लाहकार समिति गठन


बिराटनगर चैत २४ गते । रातो तारा डट कम,आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ उद्योग संगठन मोरङले नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र नेपाल सरकारको भंसार प्रशासनमा लामो समय आवद्ध रहेका श्याम दाहाल सम्मिलित विशिष्ठ सल्लाहकार समिति गठन गरेको छ । 

नेपाल सरकार अर्थ मन्त्रालयका पूर्व सचिवका रुपमा रही मुलुकको आर्थिक नीति निर्माणमा उल्लेख्य योगदान पु¥याउदै आर्थिक, राजश्व प्रशासनका साथै आर्थिक क्षेत्रको संरचनागत सुधारमा उल्लेखनीय भूमिका निर्वाह खेलेका आर्थिक विश्लेषक तथा वौद्धिक व्यत्तित्व रामेश्वर खनाल, नेपाल भारत वाणिज्य संधिमा निर्माणका साथै क्षेत्रका, द्धिपक्षीय र वहुपक्षिय संधि सम्झौता निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरी विशेषज्ञता हासिल गरेका पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र भन्सार प्रशासनमा लामो समय आवद्ध रही भंसारको सवलीकरण र सहजीकरणका साथै वाणिज्य र पारवहनका क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको अनुभव भएका श्याम दाहाल रहने गरी संगठनको विशिष्ठ सल्लाहकार समिति गठन गरिएको जानकारी अध्यक्ष सुयश प्याकुरेलले दिएका छन ।  

राष्ट्रिय आर्थिक एवं औद्योगिक क्षेत्रको विकासका लागि नेपाल सरकारले तर्जुमा गर्ने अल्पकालिन, मध्यकालिन र दीर्घकालिन नीतिहरुमा उद्योग÷व्यवसाय क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धनका लागि सरकारले सम्वोधन गर्नुपर्ने बिषयहरुका सम्बन्धमा अध्ययन अनुसन्धान गरी संगठनका तर्फबाट नेपाल सरकार समक्ष ठोस सुझावहरु प्रस्तुत गर्न विशिष्ठ सल्लाहकारहरुले नियमित रुपमा संगठनलाई नीतिगत सल्लाह, सुझाव तथा मार्गदर्शन गर्ने अध्यक्ष प्याकुरेलले वताए ।  

आर्थिक एवं औद्योगिक विकासको विविध आयाम तथा क्षेत्रका नीति ऐन, कानुनहरुको निर्माणमा लामो समयसम्म प्रत्यक्ष संलग्न भई उहाहरुले हासिल गर्नुभएको विशेष दख्खल, विज्ञता एवं अनुभवहरुलाई  भरपुर उपयोग गरी उद्योग संगठन मोरङले आर्थिक एवं औद्योगिक विकासमैत्री नीति निर्माणका लागि योगदान पु¥याउने अपेक्षा गरिएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.