Websoft University

चैनपुर-वेमौसमी तरकारी तथा च्याउखेती सम्बन्धी निःशुल्क तालिम

 


मोहन कुमार राई - बैशाख ९ गते । रातो तारा डट कम,प्राविधिक तथा व्यवसायिक शिक्षा आजको आवश्यकता,शीप सिकौ, स्वावलम्बी बनौं, स्थानीय स्तरमा स्वरोजगारको सृजना गर्रौ भन्ने मूल नाराका साथ चैनपुर नगरपालिका स्थित शारदा मावि पोखरीमा निःशुलक तालिम सञ्चालन शुरु भएको छ । 

किसानले आफ्नै घर र करेसावारीमा फलाएको ताजा तरकारी आफुलाई खान मात्र नभै व्यवसायीक रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ शारदा मावि पोखरीको आयोजनामा यो तालिम सञ्चालन शुरु भएको विद्यालयका प्रअ. अमृतबहादुर कार्कीले वताउनुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिभिटी) प्रदेश नं. १ को आर्थिक सहयोगमा सञ्चालित तालिम बैशाख ५ गतेबाट शुरु भएर आषाढ ६ गते सम्म सञ्चालन हुने सो तालिम ६५ दिन अर्थात ३ सय ९० घण्टा सञ्चालन हुने प्रशिक्षक अमित चौधरीले वताउनुभयो । वेमौसमी तरकारी खेतीमा २० जना  र च्याउखेतीमा २० जना गरी  दुवै ६० जना बढी सहभागी रहेको तालिमका सह प्रशिक्षक रुसु तिवारीले वताउनुभयो । यो तालिमले व्यवसायिक रुपमा तरकारी खेति गरेर आर्थिक रुपमा समृद्ध, रोजगारको सृजना गर्ने विश्वास चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्री बताउनुहुन्छ  । तालिम सञ्चालन भइरहेको यस विद्यालयमा प्राविधि धार बालि विज्ञान विषयको अध्ययन अध्यापन भइरहेकोले यस किसिमको तालिमले बालिविज्ञान पढने विद्यार्थीहरुका लागि थप सहयोग पुग्ने विद्यालयका प्रधानध्यापक कार्की वताउनुहुन्छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.