Websoft University

संखुवासभा- विद्यालय शैक्षिक गुणस्तर सुधारका लागि इ–एजुकेशन


मोहन कुमार राई - बैशाख ९ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित शारदा मावि पोखरीले डिजिटल माध्यमबाट आफ्नो पठनपाठन शुरुवात गरेको छ ।

देश लकडाउनको अवस्थामा घरघरमै बसेर अनलाइन कक्षा लिन वानीको विकास हूँदै  गएको अवस्थामा डिजिटल शिक्षाका लागि सहजता प्रदान गर्ने छ । गत एक वर्ष अघिदेखि कोभिड–१९ को महामारी विश्वभर फैलिए सँगै अनलाईन शिक्षाको विकास भैरहेको अवस्थामा विद्यालयले आफ्नो पठनपाठनलाई डिजिटल माध्यमबाट सञ्चालन गर्न शुरु गरेको छ । कक्षाकोठामा प्रयोग गरिने भौतिक शैक्षिक सामग्री भन्दा डिजिटल माध्यमबाट नै बनाइएको शैक्षिक सामग्री प्रभावकारी हुने विद्यालयका प्र.अ. अमृतबहादुर कार्की वताउनुहुन्छ । कक्षाकोठामा स्मार्ट टिभि र इन्टरयाक्टिभ प्यानल बोडको प्रयोग गर्न पाउँदा शिक्षक तथा विद्यार्थी समेत खुशी देखिन्थे । इन्टरनेटको माध्यमबाट पठ्य सामग्री अडियो भिडियो सहित प्रतुत गर्न सकिने हुँदा अध्ययन अध्यापन कार्य प्रभाकारी हुने देखिन्छ । 

प्रदेश नं. १ को सहयोगमा स्माट टिभि र स्मार्ट बोड प्राप्त भएपछि विद्यालयले एक कार्यक्रमका वीच इ एजुकेशनको उद्घाटन गरिएको हो । चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले इ–एजुकेशनको उद्घाटन गर्नुभएको थियो  । विद्यालयले यस किसिमको कामको थालनी गरेकोमा खुशी व्यक्त गर्नुहुँदै नगरको तर्फबाटसमेत साथ सहयोग गर्ने नगर प्रमुख खत्रीले वताउनुभयो । विद्यालयका विव्यस अध्यक्ष कमारिन्जे शेपाको सभापतित्वमा सम्पन्न कार्यक्रममा चैनपुर नगरपालिकाका नगर उप प्रमुख, मुना श्रेष्ठ, वडा नंं. ५का वडाध्यक्ष कालीबहादुर लिम्बू, वडा नंं. ४ का वडाध्यक्ष धनबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.