Websoft University

विद्यालयमा योग शिक्षा

 


मोहन कुमार राई- वैशाख ९ गते । रातो तारा डट कम,कोरना महामारीले त्रशित अवस्थामा योग अभ्यास तथा योग शिक्षा प्रभावकारी वन्दै गएको छ । 


शारीरिक व्यायम एवं आध्यात्मिक चिन्तन र खानपानमा ध्यापन पुयाउन सके मानिसमा लाग्ने विभिन्न रोगहरुबाट बच्च सकिने भएकाले योग तथा आयुर्वेद प्रति विश्वास वढ्दै गएको छ । गत वर्षदेखि नियमित योग सञ्चालन गर्दै आएको चैनपुुर आयुर्वेद शाखाले चैनपुर नगरपालिकाका विद्यालयहरुमा आयुर्वेद तथा योग शिक्षा सञ्चालन गरेको  थियो ।

विद्यार्थीहरुले घरेलु जडीवुटीको उपयोग तथा प्रयोग, आयुर्वेद शाखाबाट पाउने सेवाहरु, महामारीबाट बच्ने उपायको वारेमा जानकारी दिनको साथै योग, आसन, प्रणायाम, कोभिड १९ बाट बच्चने उपायको वारेमा विद्यार्थीहरुले शिक्षा पाएका थिए । गाउँघरमा  सहजै उपलब्ध हुन सक्ने जडिबुटी तुलसी, बोजो, घिउकुमारी, नीम, दुवो, तितेपाती, गुर्जो, सिमाली लगायत स्थानीय जडिबुटी एवं योग अभ्यासको बारेमा बालबालिकाहरुलाई जानकारी दिने उद्देश्यले विद्यालयमा आयुर्वेद तथा योग शिक्षा सञ्चालन गरेको चैनपुर आयुर्वेद शाखाका कविराज निरीक्षक दिनेश प्रसाद रायले वताउनुभयो । विद्यालयका कक्षा ५ देखि कक्षा १२ सम्मका १२ सय बढी छात्र÷छात्राहरुले यस किसिमको योग अभ्यास एवं आयुर्वेदे शिक्षा प्राप्त गरेका छन्  ।

चैनपर नगरपालिका स्थित  सरस्वती मावि चैनपुर, भगवती मावि चित्लाङ, शारदा मावि पोखरी, जलजले स्कुल चैनपुर, वाणिविलास मावि लोहाकोट, शारदा मावि खराङ, सरस्वती मावि चैनपुर हिटिटोल लगायतका विद्यालयहरुमा योग शिक्षा सञ्चालन गरेको योग प्रशिक्षक चन्द्रप्रसाद तामाङ वताउनु भयो  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.