Websoft University

निगमले पेट्रोलियम पदार्थका मूल्य फेरी बढायो


काठमाण्डौ चैत २३ गते । रातो तारा डट कम, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोल र डिजल÷मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १ सय २० र डिजल÷मट्टीतेलको मूल्य १ सय ३ रूपैयाँ कायम भएको छ । 

गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । निगमले विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको भन्दै मूल्य समायोजन गर्नुपरेको बताएको छ । 

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार गयराति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको निगमले जनाएको छ । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री  मूल्य भने हाललाई यथावत नै राखिएको पनि निगमले जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७ दशमलव ३९ रुपैयाँ, डिजलमा प्रति लिटर १ दशमलव ९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४ सय १८ दशमलव ४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । 

यसैबीच, एमाले नेता माधव कुमार नेपाल निकट अनेरास्ववियुले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्ने भएको छ । मूल्य निरन्तररुपमा बढेपछि अनेरास्ववियूले विरोधस्वरुप आज बिहान ११ बजे निगम परिसर घेर्ने कार्यक्रम तय गरेको हो ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.