Websoft University

अहिल कृषकहरुले अनुदान नपाएको गुनासो गरिरहेका बेला–कृषिको कुन क्षेत्रमा बैदेशिक लगानी ल्याउन लागिएको हो ? यसबारेमा सरकार स्पष्ट हुन सरकारलाइ सांसदहरुको सुझाब


काठमाण्डौ चैत २३ गते । रातो तारा डट कम,सांसदहरुले बैदेशिक लगानी कृषिको कुन क्षेत्रमा ल्याउन लागिएको हो भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने बताएका छन् ।  कृषिमा वैदेशिक लगानी ल्याउन अनुमति दिने तर कुन क्षेत्र भन्नेबारेमा भने स्पष्ट हुनुपर्नेमा सांसदहरुको जोड थियो । 

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुन – कुन क्षेत्रमा भित्र्याउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् । सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने भने पनि त्यसका लागि प्राथमिकताका क्षेत्र निर्धारण नगरेको सांसदहरूले बताएका हुन् ।  

बैठकमा सांसद अमृतादेवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको धारणा राख्नुभयो । कृषिमा उत्पादन बढाएर निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको उहाँको भनाइ थियो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन – कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताउनुभयो । 


बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताउनुभयो । 

स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरू स्थापना गर्नका लागि राज्यले आवश्यक ठानेर नै कृषिमा विदेशी लगानी भित्र्याउन लागेको उहाँले बताउनुभयो  ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव पेमनारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने सुझाबदिनुभयो ।

कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.